काठमाडौं– सरकारले डा संगीता भण्डारीलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा भण्डारीलाई उपकूलपतिमा नियुक्ति गरेको हो। नाक, कान, घाँटी रोग विशेषज्ञ डा भण्डारीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिको जिम्मेवारी सम्हालिसकेकी छिन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।