काठमाडौं– कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालन गरिएका दुई क्लिनिकमा शिलबन्दी गरिएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नरदेवीमा सञ्चालित क्लिनिकमा शुक्रबार शिलबन्दी गरेको हो।
सञ्जीवनी स्वास्थ्य प्रयोगशाला र नरदेवी दन्त सेवा प्रालिमा विभागले अनुगमन गरी शिलबन्दी गरेको हो। स्वास्थ्यजस्तो संवेदनशील सेवा कतैबाट अनुमति नलिई सञ्चालन गरेकाले शिलबन्दी गरी अनुसन्धान र कारबाही अघि बढाइएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए। हालै विभागले राजधानीका करिब १ सय ५० क्लिनिक तथा मेडिकल शिलबन्दी गरी कारोबार रोक्का गराएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।