काठमाडौं- संघीय संरचना अनुसार हरेक गाँउपालिका तथा नगरपालिकाको वडामा रहने प्रसूतिकेन्द्रमा कम्तीमा ५ जना मिडवाफ्री तथा नर्स राख्न प्रस्ताव गरिएको छ। राष्ट्रिय 4 र मिडवाइफ्री नीति २०७४ को मस्यौदामा प्रत्येक स्थानीय तहको वडामा रहने प्रसूतिकेन्द्रमा यस्तो प्रस्ताव गरिएको हो।
मस्यौदामा स्थानीयत तहमा चौबिसै घण्टा प्रसूति प्रसूति सेवा उपलव्ध गराउन कम्तिमा ५ जना नर्स तथा मिडवाफ अनिवार्य रुपमा राख्न प्रस्ताव गरिएको छ । नीतिको अन्तिम मस्यौदा तयार भइसकेको मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले जानकारी दिए । उनले नीतिलाई स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाउने तयारी भएको बताए ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।