काठमाडौं- आपूर्ति मन्त्रालय अन्तर्गत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अहिले राजधानीका निजी अस्पतालहरुको अनुगमन गरिरहेको छ। पछिल्लो दुई सातामा प्रायः ठूला अस्पतालहरुको अनुगमन गरिसकेको छ।
अनुगमनका क्रममा अस्पतालहरुले बिरामीलाई शुल्कमा ठगिरहेको पाइएको विभागका महानिर्देशक कुमार दाहाल बताउँछन्। स्वाथ्यखबरको नियमित भिडियो 9 स्तम्भ ‘25’मा कुरा गर्दै दाहालले यस्तो बताएका हुन्।
उपभोक्ताले उजुरी गरेपछि अनुगमन थाल्दा गैरकानुनी रुपमा अस्पताल चलाएको, भ्याट छलेको, बिरामीबाट अनावश्यक शुल्क असुलेको भेटिएको महानिर्देशक दाहालले बताए।
अस्पतालहरुको अनुगमन गर्न थालेपछि फोन र इमेल मार्फत विभिन्न पीडितबाट अस्पतालबाट ठगिएका विषयमा डेढ सयको हाराहारीमा उजुरी आइसकेको पनि उनले जानकारी दिए।
'हामीले ठूला बिलहरु पनि भेटेका छौं', महानिर्देशक दाहाल भन्छन्, ‘हामीले अनुगमनका क्रममा अस्पतालहरुको कारोबार हेर्दा दुईदेखि साढे दुई अर्ब रुपैयाँसम्म ठगी गरेको देखिन्छ।