काठमाडौं- संघीय संरचना अनुसार स्वास्थ्य नीति बनाउन गठित उच्चस्तरीय समिति नीतिको पहिलो मस्यौदा तयार पारेको छ।
समितिले तयार पारेको राष्ट्रिय स्वास्थ्य नीति २०७४ को प्रारम्भिक मस्यौदा स्वास्थ्यमन्त्री दीपक बोहरालाई बुझाएको छ।
समितिले १९ पृष्ठको पहिलो मस्यौदा तयार पारेको हो। मस्यौदामा स्वास्थ्यका प्रमुख २४ वटा नीतिहरु राखिएको छ। नीति अनुसारका रणनीतिहरु पनि बुँदागत रुपमा राखिएको छ।
नीतिमा संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी अधिकार नागरिकले समुचित उपभोग गर्न पाउने अवसर सृजना गर्ने, संघीय संरचना अनुरुप स्वास्थ्य सेवा प्रणालीलाई विकास, विस्तार र सुधार गर्ने, सवै तहका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने सेवाको गुणस्तर सुनिश्चित गर्ने र विद्यमान चिकित्सा पद्धति आयूर्वेद तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरुको विकास एवं प्रवर्धन गर्ने उद्धेश्य राखिएको छ ।
संघीयता अनुसारको नीति बनाउन पूर्व स्वास्थ्य मन्त्री गगन थापाको पालामा उच्चस्तरीय समिति बनेको थियो । मन्त्रीकै अध्यक्षतामा बनेको १३ सदस्यीय समितिले आवश्यक काम अगाडि बढाएपछि सरकार परिवर्तन भएको थियो। त्यसपछि बनेका स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले चीनका लागि नेपाली राजदुत डा महेश मास्के कार्यकारी अध्यक्ष रहने गरि समिति बनाएका थिए। उक्त समितिले पनि नीतिको दोस्रो मस्यौदा तयार पारिसकेको थियो।
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई विनाविभागिय बनाइएपछि स्वास्थ्य मन्त्रीका रुपमा दीपक बोहरा आएपछि पुन नयाँ समिति बनाइएको हो। स्वास्थ्य मन्त्री बोहराले पुरानो समिति खारेज गर्दै बनाएको नयाँ समितिले नीतिको मस्यौदा आइतबार मन्त्री बोहरालाई बुझाएको हो।
समितिको अध्यक्ष मन्त्री बोहरा छन् भने उपाध्यक्षमा स्वास्थ्य सचिव । यस्तै सदस्यहरुमा पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्र, पूर्व प्रमुख विशेषज्ञ डा पदम बहादुर चन्द, पूर्व महानिर्देशक डा यशोवर्धन प्रधान, वरिष्ठ शल्यचिकित्सक डा रामप्रसाद श्रेष्ठ, डा मधु दिक्षित देवकोटा, गोमादेवी निरौला, जनस्वास्थ्य विशेषज्ञ अर्जुन बहादुर सिंह, आयुर्वेद विज्ञ ऋषिराम कोइराला र स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अन्तराष्ट्रिय समन्वय महाशाखा प्रमुख रहेका छन्।
-Nepali%201.jpg)
-Nepali%202.jpg)
-Nepali3.jpg)
-Nepali%204.jpg)
-Nepali5.jpg)
-Nepali%206.jpg)
-Nepali7.jpg)
-Nepali%208.jpg)
-Nepali%209.jpg)
-Nepali%2010.jpg)
-Nepali%2011.jpg)
-Nepali%2012.jpg)
-Nepali%2013.jpg)
-Nepali%2014.jpg)
-Nepali%2015.jpg)
-Nepali%2016.jpg)
-Nepali%2017.jpg)
-Nepali%2018.jpg)
-Nepali%2019.jpg)