तिलोत्तमा, रुपन्देही- लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ जीवन कार्यक्रम सुरु भएको छ।
सो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणका अतिरिक्त योग प्रशिक्षण दिइने भएको छ। स्वस्थ्य जीवन कार्यक्रम शुभारम्भमा सहभागी रुपन्देही क्षेत्र नं २ प्रदेशसभा सदस्य लीला गिरीले अञ्चल आयुर्वेद अस्पताललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाए। अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले यस क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा दिलाउन अस्पताल सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक एवं अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा रमेश केसीका अनुसार विशेष गरी नसर्ने रोगबाट बच्ने उपायका बारेमा जोड दिइनेछ।
पतञ्जली योग समिति लुम्बिनीका अध्यक्ष एवं स्वस्थ्य जीवन कार्यक्रमका संयोजक विष्णुहरि आचार्यले सो कार्यक्रमअन्तर्गत हरेक दिन बिहान ६ देखि ७:३० बजेसम्म योग र स्वस्थ्य 18का बारेमा प्रशिक्षण दिइने जानकारी दिए। शुभारम्भ कार्यक्रममा सहभागीको रक्तचाप र मधुमेह परीक्षण गरिनाका साथै शिलाजीत खुवाइएको थियो।रासस