डा बच्चुकैलाश कैनी लन्डनस्थित 'क्विन एलिजावेथ हस्पिटल'मा क्लिनिकल गभरनेन्स म्यानेजरका रुपमा कार्यरत छन्। तनहुँमा जन्मिएका डा कैनी बेलायतको सरकारी स्वास्थ्य सेवामा रहेर काम गरिरहेका छन्। हालै उनी नेपाल आएका थिए। नेपालमा रहेका समयमा स्वास्थ्यखबरको नियमित कार्यक्रम ‘25’मा उनले बेलायतको स्वास्थ्य सेवाबारे कुराकानी गरेका छन्।
उनका अनुसार बेलायतमा ९५ प्रतिशतभन्दा बढी स्वास्थ्य सेवा सरकारी संस्थाले प्रदान गर्ने र सबै उपचार सेवा निःशुल्क छ। ‘बेलायतको स्वास्थ्य सेवा निःशुल्क छ। सामान्यदेखि जटिल उपचार सबै निःशुल्क छ,’ डा कैनीले भने, ‘मुटु प्रत्यारोपण नै गर्न परे पनि सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क हुन्छ। तर, आँखा र दाँतको उपचारमा भने १८ वर्षदेखि माथि र ६० वर्षभन्दा मुनिकाले शुल्क तिर्नुपर्छ।’
हेरौँ भिडियो वार्ता