काठमाडौं– बंगलादेशको ढाकोमा झुन्डिएको अवस्थामा मृत फेला परेकी विनाशा शाहका विषयमा छानविन गर्न उजुरी गरिएको छ । बंगलादेशस्थित नेपाली राजदूतावासले घटनाको छानविनका लागि ढाका मेट्रोपोलिटिन पुलिसमा उजुरी गरेको हो ।
ढाकास्थित पायोनियर डेन्टल कलेजमा अध्ययनरत शाहगत मंगलबार मृत फेला परेकी थिइन्। अन्तरिक परीक्षा दिएर फर्केकी उनी हाेस्टेलमा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । विनिशा अहिले बिडिएस तेस्रो वर्षमा अध्ययनरत थिइन्।
विनिशाको शवकाे पाेस्टमार्टम गरी उनका परिवारको जिम्मा लगाएको पनि दूतावासले प्रेस विज्ञप्ति मार्फत् जनाएको छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।