काठमाडौं– सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले राजिनामा दिएका छन् । स्वास्थ्य बीमा हेर्ने उक्त समितिबाट उनले आइतबार राजिनामा दिएका हुन्।
डा लोहनीले खुला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक आउने बाटो खोल्न राजिनामा दिएको स्वास्थ्यखबरलाई बताए । उनले भने, ‘सवै कारण नखुलाउ । ऐन अनुसार खुला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक छानिने बाटो खोल्न राजिनामा दिएको हुँ ।’
केही समयअघि स्वास्थ्य बीमा ऐन पास भएको थियो । जहाँ कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट छनोट हुने प्रावधान राखिएको छ ।
२०७३ जेठ २० गते लाेहनीलाई मन्त्रिपरिषदले कार्यकारी निर्देशक नियुक्त गरेकाे थियो ।