काठमाडौं- संघीय संरचना अनुसार स्वास्थ्य मन्त्रालय र यस मातहतका कार्यालयहरुको संरचनागत खाका तयार भइरहेको छ। स्वास्थ्य मन्त्रालयले अधिकार सम्पन्न प्रशासनिक पुनर्संरचना समितिलाई बुझाएको खाका अनुसार स्थानीय तहमा स्वास्थ्यका महाशाखा र शाखा रहनेछन् ।
संघीय संरचना अनुसार केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने र प्रदेशमा पनि स्वास्थ्य मन्त्रालय रहने लगभग पक्का भइसकेको छ । सोही आधारमा तयार पारिएको संरचनागत प्रस्ताव अनुसार महानगर र उपमहानगरपालिका कार्यालयमा स्वास्थ्यको छुट्टै महाशाखा हुने छ भने नगरपालिका र गाँउपालिकामा स्वास्थ्य शाखाका रहने छ।
प्रस्तावित खाका अनुसार महानगर र उपमहानगरको स्वास्थ्य महाशाखा अन्तर्गत ४ वटा शाखा र नगरपालिका अन्तर्गतको शाखामा ३ वटा इकाइ र गाँउपालिकाको शाखा अन्तर्गत २ वटा इकाइ रहने छन् ।
प्रस्तावित संरचना अनुसार स्वास्थ्यका यी महाशाखा तथा शाखामा लेखा, प्रशासन, जनशक्ति व्यवस्थापन, आपूर्ती तथा भौतिक पूर्वाधारका लागि छुट्टै इकाइ रहनेछैन । यसका लागि महाशाखा तथा शाखाले आवश्यकता अनुसार महानगरदेखि गाउँपालिका कार्यालयको इकाइलाई प्रयोग गर्ने प्रस्तावमा उल्लेख छ।
प्रस्तावित संरचनाको इकाईमा 4 तथा मिडवाफ्रीलाई पनि समावेश गरिएको छ । यसअघि नर्सहरुले 4 विषयलाई छुट्टै समावेश नगरिएको भन्दै विरोध गरेका थिए ।
यस्तो छ प्रस्तावित संरचना



यो पनि पढौं: