काठमाडौं– सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले आउँदो माघदेखि सिटामोल उत्पादन गरी बजारमा पठाउने भएको छ । लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदीले सिटामोल उत्पादनका लागि ९० प्रतिशतभन्दा बढी तयारी पूरा भएको जानकारी दिए।
महाप्रबन्धक सुवेदीका अनुसार यसका लागि कच्चा पदार्थको आयात, प्याकेजिङ तथा वितरणका लागि बोलपत्र सम्बन्धि काम सम्पन्न भइसकेको छ । मंगलवार काठमाडौं पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको हो।
लामो समयदेखि बन्द रहेको लिमिटेड अघिल्लो वर्षबाट पुनः सञ्चालनमा ल्याइएको छ । लिमिटिेडले गत वैशाख २४ गतेबाट जीवनजल उत्पादन गरी बजारमा पठाएको थियो ।
औषधि उत्पादन प्रक्रिया 11 संगठनले तोकेको कुशल उत्पादन अभ्यास(जीएनपी) अनुसार रहेको, गुण तथा नापतौल नियन्त्रण विभागको मापदण्ड अनुसार प्रयोगशाल बनाइएको र भौतिक पूर्वाधार तथा अन्य प्रक्रियमा पनि पूरा गरी उत्पादन थालिएको सुवेदी बताउँछन्।
नेपाल औषधि लिमिटेड औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको थियो । उद्योगले २०६० सालसम्म आइपुसग्दा १ सय २० प्रकारका औषधि उत्पादन गरिरहेको थियो । तर, 11 संगठनको उत्पादन मापदण्ड पूरा गर्न नसक्दा २०६७ सालबाट पूर्ण रुपमा बन्द भएको थियो ।