बझाङ – जिल्ला स्वास्थ्य कार्यालय र नगरपालिकाबीच समन्वय नहुँदा औषधि अभाव भएको छ । यहाँको काफलसेरी स्वास्थ्य चौकीमा आइरन, पारासिटामोल, ओआरएसलगायतका औषधि अभाव भएको छ।
स्वास्थ्यचौकीका हेल्थ असिस्टेन्ट रामसिंह चैसिरका अनुसार यी अत्यावश्यक औषधि अभाव भएको जानकारी जिल्ला स्वास्थ कार्यालयमा गरिएको छ । उनी भन्छन्, 'स्वास्थ्य कार्यालमा सोध्दा नगर स्वास्थ्यमा बजेट छ भन्छन् तर नगर स्वास्थ्यमा सोध्दा बजेट थोरै छ भन्छन्।'
यस्तो अन्योलले स्वास्थ्य चौकीमा आउने गर्भवतीलार्इ आइरन चक्की दिन नसकिने अवस्था बनेको बताउँछन्। उनका अनुसार २ सय १५ जना गर्भवतीलार्इ गरेर ४८ हजार ३ सय ७५ आइरन चक्की चाहिन्छ तर ३ हजार मात्रै प्राप्त भएको छ।