उदयरपुर– दुर्घटनामा परेका गम्भीर बिरामी अस्पतालमा रहेका बेला जिल्ला अस्पताल उदयपुरमा चिकित्सक भने सम्पर्क विहीन भएका छन्। चिकित्सक नहुँदा प्रहरीका अहेवले प्रारम्भिक उपचार गरी घाइतेलाई बिराटनगर पठाएका छन्।
जिल्लाको रौतामाईमा मंगलबार बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने तीन नजा घाइते भएका थिए। घाइतेहरुलाई उद्धार गरी प्रहरीले जिल्ला अस्पतालमा पुर्याएको थियो। तर अस्पतालमा चिकित्सक थिएनन् । ‘चिकित्सक नभएपछि प्रहरीकै अहेवले प्राथमिक उपचार गरे,’ उदयपुरका एसपी नवराज भट्टले भने,‘अस्पतालको चरम लापरबाही देखियो ।’
मंगलबार दिउसो अस्पतालमा डा. अमित मिश्रको ड्युटी थियो। तर, कसैलाई जानकारी नदिई उनी अस्पतालबाट हिँडेका थिए। ‘अस्पताललाई बिरामी ल्याउनेबारे प्रहरीले पहिल्यै जानकारी गराइसकेको थियो। तर, पनि डा मिश्रले फोन उठाएन्। जिल्ला प्रशासन कार्यालयले घटनाको अनुसन्धान अघि बढाएको छ। चिकित्कसक सम्पर्क विही भएपछि अस्पतालप्रति घाइतेका आफन्तहरु आक्रोशित बनेका छन्।
उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा मंगलवार अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भए ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४५ वर्षीय कमलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी दुर्घटनामा परी घाइतेहुनेमा रौतामाई–४ का गाडी चालक ३५ वर्षीय रत्न राई, सोही स्थानका ४६ वर्षीय भक्तबहादुर सार्की र ४० वर्षीया निर्मला राई रहेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए ।
रौतामाई गाउँपालिकाको सल्ले बजारबाट सुन्तला बोकेर आउँदै गरेको स१च १२२८ नंको उक्त बलेरो जिप जितेनी पाखाको भिरमा अनियन्त्रित भई सडकबाट तीनसय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।