काठमाडौं- स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ। हिजो बसेको स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा कार्यरत तीनै जना प्रमुख विशेषज्ञलाई सचिवमा बढुवा गर्न सिफारिस गरिएको हो।
बढुवा समितिले डा सुशील प्याकुरेल, डा पुष्पा चौधरी र डा विनोदमान श्रेष्ठलाई सचिव बढुवा गर्न नाम सिफारिस गरेको हो। मंसिर १८ गते स्वास्थ्य सचिव डा किरण रेग्मीले अनिवार्य अवकाश पाएपछि स्वास्थ्य मन्त्रालय सचिव बिहीन बनेको थियो।
लोकसेवा आयोगका अध्यक्षको बढुवा समितिमा आयोगकै एक सदस्य र मुख्य सचिव सदस्य र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्यसचिव रहन्छन् । बढुवा समितिले सिफरिस गरेका तीन जनामध्ये सम्बवत आज एक जना स्वास्थ्य सचिव हुँदै छन् ।
स्वास्थ्यले पठाएको कार्यसम्पादन मूल्यांकन फाराम र वरिष्ठतालगायतका कुरा हेरेर बढुवा समितिले बढीमा तीनजनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने र मन्त्रिपरिषद्ले तीनमध्ये एकजनालाई नियुक्ति गर्छ ।
आज बस्ने मन्त्रीपरिषद्ले एक जनालाई सचिवमा बढुवा गर्ने बुझिएको छ ।