काठमाडौं- स्वास्थ्य मन्त्रालयले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा पुन डा जागेश्वर गौतमलाई नियुक्त गरेको छ। स्वास्थ्यमन्त्री दीपक बोहराले बिहीबार अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठलाई हटाएर गौतमलाई नयाँ निर्देशक बनाएका हुन्।
डा गौतमले नियुक्तिपत्र बुझेर निर्देशकको पदभार ग्रहण गरिसकेका छन्। यसअघि प्रसूति गृहको निर्देशक कहिले पनि नहुने भन्दै एक वर्षअघि राजीनामा दिएर हिँडेका डा गौतम पुन: निर्देशकमा फर्किएकोमा अस्पतालका कर्मचारी समेत आश्चर्यमा परेका छन्।
एक वर्षअघि प्रसूतिबाट राजीनामा दिएपछि उनी बिदामा बसेका थिए। त्यो समयमा उनी चावहिलस्थित ओम अस्पतालमा निर्देशक पदमा थिए।