काठमाडौं– बिरामीको चाप बढेका कारण सहिद गंगालाल ह्दयरोग केन्द्रले सेवा विस्तार गरिरहेको छ । यस क्रममा ४० बेडसम्मको इमर्जेन्सी सेवा थप्ने भएको छ । इमर्जेन्सीमा बिरामीको चाप अत्याधिक बढेकाले एउटा बेडमा दुईजनासम्म बिरामी राखेर उपचार गर्नु परेकाले थप्ने लक्ष्य लिइएको आर्थिक प्रशासन महाशाखाका प्रमुख बिमल कुमार उप्रेतीले बताए।
थप सेवाका लागि ४७ करोडको लागतमा नयाँ ४ तले भवन बनाइदैछ । उक्त भवन बनेपछि एउटै बेडमा दुई बिरामी राख्नुपर्ने बाध्यताको अन्त्य हुने उप्रेतीले बताए।
२०७३ साउनदेखि निर्माण थालिएको भवनको ८० प्रतिशत कम पूरा भएको जानकारी उप्रेतिले जानकारी दिए । २०७५ साल माघमा उद्घाटन गर्ने लक्ष्य लिइएको छ । ओपिडी, पेइङ क्लिनिक र एकेडेमीक हल लगायत उक्त भवनमा सञ्चालन हुनेछन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।