काठमाडौैं– अवैध रुपमा यौनबर्द्धक औषधिहरु बिक्री गरेको आरोपमा प्रहरीले १३ वटा कम्पनीका १५ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उपत्यकाका विभिन्न कम्पनीमा छापा हानी तिनीहरुको सञ्चालकलाई पक्राउ गरेको हो।
अनुमतिबिना उनीहरुले यस्तो औषधिको कारोबार गरेकाले पक्राउ गरिएको सिआइबीका डिआइजी पुष्कर कार्कीले बताए।
प्रहरीका अनुसार, उनीहरुले चीनसहित विभिन्न देशबाट कपडाको थाकभित्र लुकाएर औषधि ल्याउने गरेका थिए। त्यसलाई कैयौं गुणा बढी मूल्य लिएर बिक्री गर्दै आएको जानकारी सिआइबीका एसपी जीवन श्रेष्ठले दिए। उपत्यकाका ठूला सपिङ मलहरुमै सञ्चालित त्यस्ता अफिसहरुमा सिआइबीले छापा हानी विभिन्न प्रकारका औषधिहरु समेत बरामद गरेको छ।
उनीहरुले पत्रपत्रिकाकै 23 निकालेर यौनबर्द्धक औषधि बिक्री गर्दै आएका थिए। सिआइबीले पक्राउ गरेका १५ मध्ये २ जना महिला छन्।