काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट अन्यायपूर्ण रुपमा निकालिएका कर्मचारीहरुले आन्दोलन चर्काएका छन्। लामो समयको मागपछि स्वास्थ्य मन्त्रालयले गरेको निर्णय पनि एकपक्षीय आएपछि नर्सहरुको आन्दोलन मन्त्रालय केन्द्रित भएको छ।
विगत ७ महिनादेखि अस्पताल प्रशासनलाई दबाब दिइरहेका उनीहरु स्वास्थ्य मन्त्रालयले पनि एकपक्षीय निर्णय गरेपछि मन्त्रालय घेर्न पुगेको बताउँछन्।
पीडित र उनीहरुलाई साथ दिइरहेका नर्स र नर्सका संघसंस्थाका प्रतिनिधिले आइतबार मन्त्रालयको 4 शाखाकी प्रमुख रोशनी लक्ष्मी तुईतुई र स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई भेटेका छन्।
के हो समस्या ?
०७४ साउन २९ गते मानव अंग प्रत्यारोपण केन्द्रले पाँच वर्षदेखि कार्यरत नर्स त्रजिना जतिलाई एक्कासी निस्कासन गरेको पत्र थमाएको थियो। नर्स त्रजिनाका अनुसार कर्मचारी भर्ना लगायतका विषयमा अस्पताल प्रशासनको मनपरी विरुद्ध उनले आवाज उठाउन थालेपछि अस्पताल निर्देशक डा पुकार श्रेष्ठ र उनलाई साथ दिइरहेकी अस्पतालकी मेट्रोन इन्दिरा प्रधान डराएका थिए।
डायलाइसिस तालिम गरेका अथवा यस्तै संस्थामा काम गरेकाहरूलाई मात्र भर्ना प्रक्रियामा समावेश गराइने भनिए पनि निर्देशक श्रेष्ठ र मेट्रोन प्रधानले आफ्ना चिनजानका लागि उक्त व्यवस्था मिचिएको भन्दै उनले आवाज उठाएकी थिइन्। यसैगरी उनले अन्यायपूर्ण तरिकाले निकालिएका टेक्निसियन विकास महर्जनका पक्षमा बोलेकी थिइन्। योसँगै लामो समय भोलेन्टिएरका रुपमा काम गरेर अस्पतालले खोलेको ‘भ्याकेन्सी’को लिखितमा पहिलो नम्बरमा नाम निकालेकी नर्स सजना देउलालाई 9मा फेल गराइएको थियो। सेवा पनि गरिरहेकी र लिखितमा पनि राम्रो अंक ल्याएकी देउलालाई 9मा किन फेल गरियो भन्ने विषयमा उनी बोलेकी थिइन्। त्यसपछि तुरुन्तै अस्पतालले नर्स त्रजिनालाई निस्कासन गरेको पत्र थमाएको थियो।
अन्याय विरुद्ध बोल्दा आफूमाथि पनि अन्याय भएपछि न्यायका विषयमा उनले स्वास्थ्य मन्त्रालय, 4 एसोसियसन लगायतमा उजुरी गरेकी थिइन् ।
कमिटीको सुझाव एउटा, निर्णय अर्को