काठमाडौं– भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र प्रशासनले आफूमाथि अन्याय गरेको भन्दै आन्दोलित नर्सको समस्या समाधान गर्न स्वास्थ्य सचिव डा पुष्पा चौधरीले निर्देशन दिएकी छिन्। सोमबार सोही समस्याको समाधानका लागि मन्त्रालयमा छलफल भएको सचिव डा चौधरीले बताइन्। उनले भनिन्, ‘उक्त अस्पताल विकास समितको अध्यक्ष पनि भएकाले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठलाई समस्याको समाधान खोज्न भनेका छौं।’
प्रमुख विशेषज्ञ डा विनोदमानले चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा एक समिति बनाएका छन्। समितिमा नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ, नेपाल 4 एसोसिएसनकी कार्यवाहक अध्यक्ष गंगा थापा, मन्त्रालयकी 4 प्रशासक रोशनीलक्ष्मी तुईतुई, कानुन शाखाका शम्भू रेग्मी सदस्य छन्। मन्त्रालयका रेवती शर्मालाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
समितिमा रहेकी नेपाल 4 संघकी कार्यवाहक अध्यक्ष थापाले नर्समाथि भएको अन्यायविरुद्ध संघले संघर्ष जारी राख्ने बताएकी छिन्। ‘समिति त यसअघि पनि बनेका थिए। तर, यसले मात्रै न्याय पाउने अवस्था देखिँदैन। त्यसैले हामी संघर्ष पनि जारी राख्नेछौं,’ उनले भनिन्।
निर्देशक डा श्रेष्ठ बैठकमै आएनन्
अस्पतालको समस्यालाई लिएर नर्सहरुले मन्त्रालय घेरेपछि स्वास्थ्य सचिव डा चौधरीले मन्त्रालयमा बैठक बोलाएकी थिइन्। उक्त बैठकमा अस्पताल निर्देशक डा पुकारचन्द्र श्रेष्ठ भने अनुपस्थित रहे। बैठकका लागि मन्त्रालय पुगेकी नर्स थापाले भनिन्, ‘उहाँ सहितको बैठक भनेर हामी मन्त्रालय पुग्यौं। बैठकका लागि कुर्यौं। तर, उहाँ आउनुभएन।’
डा श्रेष्ठले आफू बिरामीको शल्यक्रियामा व्यस्त भएको भन्दै दिनभरि बैठकमा आउन आलटाल गरेका थिए। बैठक डा श्रेष्ठले शल्यक्रिया गरेर सक्ने सयम पारेर अपरान्ह ४ बजे सारिएको थियो। उनी सोही समय अस्पतालबाट बाहिरिएको खबर मन्त्रालयमा पुगे पनि बैठकमा भने उनी पुगेनन्। निर्देशक डा श्रेष्ठ बैठकमा आउने संकेत नदेखिएपछि उनको अनुपस्थितिमै बैठक बसेको थियो।