काठमाडौं– धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन्। अस्पतालका चिकित्सकलाई लागुऔषध बिक्रि गर्न गएका अमित लिम्बु र मिलन राई आइतबार पक्राउ परेका हुन्।
प्रतिष्ठानकै सेक्युरिटी गार्डले उनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए।
प्रतिष्ठानका डाक्टर क्षिजित श्रेष्ठसहित तीन जनालाई ब्राउन सुगरसहित प्रहरीले गत शनिबार पक्राउ गरेको थियो। प्रतिष्ठानका धेरै चिकित्सक र कर्मचारीहरु नै लागूऔषधको दुव्र्यसनमा फसेको प्रहरीले जनाएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।