काठमाडौं– स्वास्थ्य मन्त्रालयले राष्ट्रिय 4 र मिड्वाइफ्री नीति तयार पारेको छ। मन्त्रालयले नीतिलाई मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषदले उक्त नीतिका विषयमा आवश्यक निर्णय लिन विधेयक समितिमा पठाएको छ।
मन्त्रालयले प्रत्येक नागरिकलाई सहज, सर्वसुलभ, समान पहुँच र निरन्तर गुणस्तरीय 4 र मिडवाइफ्री सेवाको सुनिश्चितताका लागि नीति तयार पारेको जनाएको छ। विधेयक समितिमा रहेको नीतिको मस्यौदामा प्रमुख ५ नीति छन् भने ४५ रणनीति छन्।
नीतिमा निजी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा मिडवाइफ्री जनशक्तिको न्यूनतम तलबमान र सुविधा नेपाल सरकार सरह हुनुपर्ने, गाँउपालिका/नगरपालिकाको वडामा अवस्थित प्रसूति केन्द्रबाट २४सै घन्टा प्रसूति सेवाको उपलब्धता सुनिश्चितता गर्न कम्तिमा ५ जना मिड्वाइफ्री जनशक्तिको अनिवार्य व्यवस्था गर्ने, एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्थाको राष्ट्रिय नीति नर्स र मिड्वाइफ्रीमा पनि अवलम्बन गर्ने लगायतका बुँदा छन्।
यसैगरी, संघीय संरचना अनुरुप नेपाल 4 र मिड्वाइफ्री परिषद्को संगठन विस्तार, विकास र क्षमतावृद्धि गर्ने, संघीय स्वास्थ्य मन्त्रालयमा 4-मिड्वाइफ्री महाशाखा राख्ने, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सबै तहमा नर्स र मिड्वाइफ्रीहरुको अनिवार्य सहभागिता गराइने रणनीति पनि नीतिमा राखिएको छ।
यस्तो छ नीतिको मस्यौदा :






