काठमाडौं– स्वास्थ्यमा खराबी भई बालकोटस्थित घरमै आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको राजधानी बैंकक जाने भएका छन्। उनी आउँदो २६ गते बैंकक जाने निजी सचिव राजेश बज्राचार्यले बताए।
झाडापखालाका कारण सोमबारदेखि अस्वस्थ रहेका ओली बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा समेत जान सकेनन्। उनी केही दिनयता नियमित भेटघाट र औपचारिक छलफलमा जान सकेका छैनन्।
केही वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाने गरेका छन्।
ओलीको स्वास्थ्यकै कारण एमाले र माओवादीबीचको एकता प्रक्रिया तथा सरकार गठनबारे थप छलफल हुन पाएको छैन।