काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरबाट बिना सूचना नर्स निकालिएको विषयमा गठित छानविन समितिको रिपोर्ट निष्पक्ष आउनेमा आशंका व्यक्त गर्न थालिएको छ। छानविनका क्रममा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसँग लिइएको स्पष्टीकरणमा 4 क्षेत्रकै प्रतिनिधि नबोलाइएपछि आन्दोलनरत नर्सहरुले यस्तो आशंका गरेका हुन्।
शुक्रबार प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठसँग स्पष्टीकरण लिइएको छ। तर, 4 क्षेत्रबाट छानबिन सदस्य रहेकी नेपाल 4 एसोसिएसनकी अध्यक्ष गंगा थापा र मन्त्रालयकै 4 प्रशासक रोशनीलक्ष्मी तुईतुईलाई भने डा श्रेष्ठसँग स्पष्टीकरण लिने विषयमा जानकारी नै दिइएन। 4 प्रशासक तुईतुईले यसअघि पनि आफूले छानविन गरेर प्रतिवेदन बुझाएकाले त्यही विषयमा पुनः गरिने छानविनमा सहभागी नहुने बताएको बुझिएको छ। संघकी कार्यवाहक अध्यक्ष थापाले भने जानकारी नपाएको बताइन्।
उनले भनिन्, ‘समितिको पहिलो बैठकका लागि दिनभरि मन्त्रालयमै कुरें। तर, बैठक बसेन। जब म त्यहाँबाट निस्केर भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्दमा पुगें। बैठकका लागि फोन आयो। मैले भ्याइनँ। त्यसपछि छानविनका कुनै गतिविधिको मलाई जानकारी आएको छैन।’
आफू उपस्थित नरहेको बैठकको निर्णयमा दस्तखत गराउन खोजिए पनि आफूले त्यसो नगर्ने बताएको उनले खुलाइन्।
छानबिन समितिका संयोजक चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले भने स्पष्टीकरण लिने विषयमा सबै सदस्यलाई जानकारी दिएको बताए। उनले भने, ‘हामीले उहाँहरुलाई फोन गर्न लगाएका छौं। उहाँहरु नै आउनुभएन।’
स्पष्टीकरणका क्रममा डा श्रेष्ठले आफूले कुनै हालतमा नर्सलाई पुनर्वहाली नगर्ने अडान दोहोर्याएका छन्। उनले स्पष्टीकरणका क्रममा भनेका छन्, ‘लजिक (तर्क) छ भने हामीलाई कारबाही गर्नुहोस्। कोर्ट (अदालत) मा गएर जेलमा हाले पनि हुन्छ। हुलहुज्जत गरेकै भरमा मन्त्रालयले पुनर्वहाली गर भन्यो भने त्यो विडम्बनापूर्ण हुन्छ।’
उनले बिनासूचना नर्स निकालिएको विवाद अस्पतालका सिनियर नर्स र जुनियर नर्सबीचको भएको भन्दै आफ्नो बचाउ गरी उक्त प्रकरण नर्सतिरै मोडेका छन्।
डा श्रेष्ठलाई बचाउन मन्त्रालयकै कर्मचारी सक्रिय
डा श्रेष्ठलाई जोगाउन मन्त्रालयकै उच्च पदस्थ अधिकारीहरु सक्रिय रहेको बुझिएको छ। मानव अंग प्रत्यारोपण केन्द्रको विवाद समाधान गर्ने जिम्मा स्वास्थ्य सचिव डा पुष्पा चौधरीले सोही अस्पतालको विकास समित अध्यक्षसमेत रहेका मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठलाई सुम्पेकी थिइन्। डा विनोदमान श्रेष्ठ भने चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएर त्यसको भोलिपल्टदेखि नै विदामा बसेको बुझिएको छ।
मन्त्रालयले केन्द्रमा देखिएको नर्सहरुको विवादकै विषयमा यसअघि मन्त्रालयकी 4 शाखा प्रमुख रोशनीलक्ष्मी तुईतुई संयोजकत्वको छानविन समिति गठन गरेको थियो। उक्त समितिले बुझाएको प्रतिवेदनमा नर्सको विवादमा केन्द्रको समेत व्यवस्थापकीय कमजोरी रहेको उल्लेख गरिएको थियो। तर, उक्त प्रतिवेदन गोप्य राख्दै मन्त्रालयले समितिले दिएको सुझावभन्दा फरक निर्णय गरेको पाइएको छ।
तुइतुई नेतृत्वको समितिले अस्पतालको प्रशासन सञ्चालन गर्ने व्यक्ति अदक्ष रहेको निष्कर्ष निकाल्दै दक्ष एवं अनुभवी कर्मचारीको व्यवस्था हुनुपर्ने भनेको थियो। साथै, मन्त्रालय मातहतका संस्थामा ज्यालादारी र भोलिन्टियरलाई निरुत्साहित गर्न र अस्पतालमा कार्यरत अनुभवी कर्मचारीलाई अस्थायी र स्थायी नियुक्ति प्रक्रियामा प्राथमिकता दिन सुझाव दिइएको थियो।
तर, समितिको प्रतिवेदनलाई बेवास्ता गर्दै डा श्रेष्ठलार्इ जोगाउन पीडित नर्सहरुलार्इ झन् पीडित बनाउनेगरी मन्त्रालयका उच्च अधिकारीले निर्णय गरेको बुझिएको छ। तुइतुई नेतृत्वको समितिले दिएको सुझावलाई कार्यान्वयन गर्न मन्त्रालयले लेखेको पत्रमा भने सुझाव विपरीत एउटा बुँदा थपिएको छ। जहाँ एकजना नर्स त्रजिना जतिको नाम उल्लेख छ। जुन बुँदा डा श्रेष्ठको प्रभावमा परेर थपिएको मन्त्रालय स्रोत नै बताउँछ। अघिल्लो समितिको प्रतिवेदन तोडमरोड गर्न सक्रिय मन्त्रालयका अधिकारी नै अहिलेको छानविन समितिलार्इ पनि प्रभावमा लिन लागिपरेको मन्त्रालय स्रोत बताउँछ।