रुपन्देही – रुपन्देहीमा सञ्चालन भएको कुष्ठरोग खोजी अभियानमा ५९ जना नयाँ रोगी फेला परेका छन्। माघ २३ गते देखी २५ गते सम्म रुपन्देहीका दशवटा स्थानिय नगरपालिका र सञ्चालिन अभियानमा उक्त नयाँ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका क्षयकुष्ठ निरीक्षक टीकाराम अधिकारीले गाउँमा गएर खोजी अभियानमा नयाँ ५९ बिरामी फेला परेको बताएका हुन्। रुपन्देहीमा पुराना १ सय २२ जना बिरामीले औषधी सेवन गरिरहेको समेत उनले बताए । नयाँ थप भएका बिरामी नगरपालिकामा भन्दा गाउँपालिकामा बढी फेला परेका छन्।
अधिकारीका अनुसार तिलोत्तमा नगरपालिकामा ४ शिद्धार्थनगरपालिकामा ३ रोहयी गाउँपालिकामा ७ गैडबवा गाउपालिकामा ८ औमसतिया गाउँपालिकामा ८ सुद्धोधन गाउँपालिकामा १ मर्चबारी गाउँपालिकामा ६ मायादेबिगाउँ पालिकामा ६ सम्रीमाईगाउँपालिकामा १५ र कञ्चन गाउँपालिकामा १ रहेको बताए । नेपाललाई २०२० सम्म कुष्ठरोग मुक्त बनाउने अभियान अन्तर्गत यो सुरु भएको उनको भनाई छ । रुपन्देहीमा पुराना रोगीहरुमध्ये १३ जना महिला रहेका छन्।
खोजी अभियानमा ८ सय ३८ जना खटिएका थिए त्यसमध्ये १सय ४९ स्वास्थ्य कर्मी र २० जना बिज्ञ टोली समेत रहेको अधिकारीले बताए ।