काठमाडौं- राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संघको आज भएको पहिलो राष्ट्रिय सम्मेलनले गोविन्द अकेला पौडेलको अध्यक्षतामा २६ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चयन गरेको हो।
सम्मेलनबाट उपाध्यक्षमा सरोज अधिकारी र दिपेन्द्र मिश्र, सचिवमा संजय शाह, कोषाध्यक्षमा रोशनी सापकोटा, सहसचिवमा लेखनाथ भट्टराई, सह कोषाध्यक्ष श्याम जोशी चयन भएका छन्। नयाँ बनेको कार्यसमितिको कार्यकाल तीन बर्षको हुनेछ ।
‘पेसागत सुरक्षा, गुणस्तरमा प्रतिबद्धता र समाज रुपान्तरणमा ऐक्यबद्धता’ भन्ने नारा सहित आयोजित सम्मेलनमा प्रयोगशालाको गुणस्तरका विषयमा छलफल भएको थियो।
नवनियुक्त अध्यक्ष पौडेलले चिकित्सा प्रयोगशालाका क्षेत्रमा कार्यरत जनशक्तिको पेशागत सुरक्षा, गुणस्तरमा जोड, प्रयोगशालाका क्षेत्रमा नीतिगत सुधार र यो क्षेत्रमा रहेका चुनौतीको समाधान गर्नेतर्फ जोड दिने बताए।