लहान- सिरहा विष्णुपुर गाउँपालिका–१ मा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयवासी इन्द्रदेव यादवले जग्गा दान गरेका छन्।
वडा अध्यक्ष गोपिन्द्र यादवको पहलमा स्वास्थ्यचौकी भवन निर्माणका लागि यादवले आफ्नो नाममा रहेको ६ कठ्ठा जग्गा दान गरेका हुन्। समाजसेवी यादवले उपलब्ध गराएको सो जग्गामा अहिले शहरी विकास तथा भवन डिभिजन कार्यालय राजविराजबाट एक करोड ७८ लाखको लागतमा स्वास्थ्यचौकी भवन निर्माण भइरहेको स्वास्थ्यचौकी इञ्चार्ज चन्द्रकिशोर यादवले जानकारी दिए। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।