पोखरा- तनहुँको शुक्लागण्डकीमा आयोजित स्वास्थ्य शिविरमा ३ सय ५ जनाको निःशुल्क रगत जाँच गरिएको छ । शिविर लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउन र पोखरा लेखनाथको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को संयुक्त आयोजनामा भएको हो।
शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण निःशुल्क रुपमा गरिएको थियो भने अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले खानपान, 18, सचेतना र उचित उपचारको प्रबन्ध हुँदा मात्रै मानिस स्वस्थ हुन सक्ने औंल्याए । उनले भने, ‘जसरी 18 र खानपान परिवर्तन भएको छ, नयाँ चुनौती थपिएका छन् ।’
उपाध्याले तनहुँको शुक्लागण्डकी क्षेत्रमा थाइराइड र मधुमेहका बिरामी अन्यत्र भन्दा बढी पाएको सुनाए । विभिन्न सामाजिक संघ, संस्थालाई यी रोगबारे सचेतना, निःशुल्क जाँच र नयाँ कार्यक्रम सञ्चालन गर्नसमेत कार्यक्रममा उनले सुझाव दिए ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले प्रदेश ४ का विभिन्न जिल्लामा निशुल्क शिविरहरु आयोजना गर्दै आएको उल्लेख गरे । अति संवेदनशील रक्त परीक्षण, अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि र रियजेन्ट प्रयोग गरी प्रयोगशाला क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने दिशातर्फ आफूहरु लागिरहेको बताए । उनले चाडै नै शुक्लागण्डकीमा निःशुल्क थाइराइडसम्बन्धी रक्त परीक्षण शिविरसमेत गर्ने प्रतिवद्धता जनाए ।