काठमाडौं– प्रहरीले एचएसहित २ जनालाई लागूऔषध कारोबारको आरोपमा पक्राउ गरेको छ।
पशुपति क्षेत्रस्थित सडक किनारबाट बाँके कोहलपुर नगरपालिका–११ घर भएका २२ वर्षीय प्रशान्त मल्ल र मुगु छायाँनाथ रारा नगरपालिका–८ घर भएका २० वर्षीय एचए सागर साहलाई लागू औषध खैरो हेरोइन १२ ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्युरोका डिआइजी ठुले राईका अनुसार पक्राउ परेका मल्ल होटल मेनेजमेन्टका विद्यार्थी हुन् भने साहले हेल्थ असिस्टेन्ट (एचए) अध्ययन पूरा गरेका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।