काठमाडौं– स्वास्थ्य मन्त्री गगन थापाले कुनै पनि अस्पतालले नर्सलाई भोलेन्टियरका रुपमा काम गराए अस्पताल नविकरण नहुने बताएका छन् ।
निजी अस्पतालहरुको छाता संगठन ‘एशोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल’को १५ औं वार्षिक साधारण सभामा मन्त्री थापाले निजी अस्पतालका सञ्चालकलाई आग्रह गरेका हुन् ।
‘नर्सलाई भोलेन्टियर राख्न आजै बन्द गर्नुहोस्’ मन्त्री थापाले भने, ‘अस्पताल अनुगमनमा भोलेन्टियर राखे÷नराखेको पनि हेरिनेछ । भोलेन्टियर खाखेको पाइएमा अस्पताल नविकरण हुने छैन ।’
उनले अस्पतालहरुलाई मापदण्ड अनुसार दक्ष जनशक्ति राख्न पनि आग्रह गरेका छन् । मन्त्री थापाले कार्यदल गठन गरी नर्सिङ क्षेत्रका समस्या समाधान गरिने बताए ।