काठमाडौं- नेपाली चिकित्सक दिवसका अवसरमा डाक्टरहरुले आज प्रभातफेरी गरेका छन्। वीर अस्पतालबाट सुरु भएको प्रभातफेरि टुँडिखेल परिक्रमा गरि पुन वीरमा नै आएको थियो।
‘सुरक्षित चिकित्सक, सर्वसुलभ उपचार गुणस्तरीय सेवा–स्वास्थ्यका पूर्वाधार’ भन्ने नारासहित दिवस मनाइएको हो। सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डे, एनडीएका अध्यक्ष डा सन्तोष पौडेल, र्यानका अध्यक्ष डा बोम विसी , डिएसओनकी महासचिव डा तोसिमा कार्की लगायतले डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा मन्तव्य राखेका थिए।
नेपाली डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघ स्थापना भएको दिन फाल्गुन २० मा दिवस मनाउने गरिन्छ।

