काठमाडौं- आज विश्व मिर्गौला दिवस विश्वभर विभिन्न कार्याक्रम गर्दै मनाइँदै छ। नेपालमा पनि दिवसका अवसरका विभिन्न चेतनामुलक कार्यक्रम हँदैछ। दिवसका अवसरमा स्वास्थ्यखबरको विशेष कार्यक्रम ‘25’मा बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेसँग कुराकानी गरिएको छ।
स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलसँगको भिडियो 9मा डा काफ्लेले मानव शरीरमा मिर्गौलाको आकार हातको मुठ्ठी बराबरको हुने र त्यसको काम सम्पूर्ण शरीरलाई स्वस्थ राख्न रहने जानकारी दिएका छन्।
डा काफ्लेले कुराकानीका क्रममा मिर्गौला के हो? मिर्गौलाले के काम गर्छ ? मिर्गौला किन बिग्रन्छ ? बच्चाको जन्म हुँदा नै किन कमसल मिर्गौला लिएर जन्मन्छ ? मिर्गौलालाई कसरी जोगाउने ? मिर्गौला उपचार र यस क्षेत्रमा भइरहेका काम लगायतका विषयमा पनि विस्तृत जानकारी दिएका छन्।
हेरौँ भिडियो :