काठमाडौं- सानेपास्थित स्टार अस्पतालले वार्षिकोत्सवको अवसरमा तीन दिनसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। अस्पतालले १२ औं वार्षिकोत्वसको अवसरमा विशेषज्ञ डाक्टरले प्रदान गर्ने स्वास्थ्य जाँच निःशुल्क गर्न लागेको हो।
अस्पतालका म्यानेजिङ डाइरेक्टर डा शैल रुपाखेतीका अनुसार निःशुल्क परीक्षण एवं परामर्श फागुन २७, २८ र २९ गतेसम्म हुनेछ। उनले वार्षिकोत्सवका अवसरमा शिफारिस अनुसार बिरामी भर्ना तथा अपरेशन लगायतका सेवामा ५० प्रतिशत छुट र औषधिमा समेत १० प्रतिशत छुट दिइने बताए।
यसैगरी, अस्पतालले शनिवार साइकल र्याली समेत गर्ने भएको छ। राइडिङ साइकल फर लंगर लाइफसाइकल भन्ने नारासाथ हुने र्याली अस्पताल-सानेपा हाइट-पुलचोक-पाटन दरवार-शंखमुल-नयाँ बानेश्वर-माइतिघर-न्युरोड-बसन्तपुर-कालिमाटी-बल्खु-किर्तीपुरसम्म हुनेछ।