ललितपुर – स्टार अस्पताल, ललितपुरले १२ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा दिने भएको छ । फागुन २७, २८ र २९ गते निःशुल्क स्वास्थ्य परीक्षण एवं परामर्शसेवा दिइने भएको हो।
उक्त समयमा चिकित्सकको परामर्शपछि गर्नुपर्ने जाँच, भर्ना शुल्क र अपरेशनमा ५० प्रतिशत छुट दिइने अस्पतालले जनाएकोे छ । यसैगरी औषधिमा १० प्रतिशत छुट दिइने उल्लेख गरिएको छ । उक्त समय परीक्षण गराउनका लागि अस्पतालमा फोन गरेर समेत नाम दर्ता गराउने सकिने छ।