काठमाडौं- यही फागुन २६ र २७ गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको शाकाहारी सम्मलेन हुने भएको छ।
नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा हुनलागेको सो सम्मेलनमा शाकाहारी परिकारको महोत्सवसमेत हुने संघका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिए।
अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारतलगायत तीसभन्दा बढी देशबाट सहभागी हुन आउने सम्मेलन नेपालमै पहिलोपटक गरिन लागेको हो । सम्मेलनमा शान्ति, अहिंसा, करुणा, मानव स्वास्थ्य र जनावरपालनले पार्ने प्रभावका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ।
उद्योगधन्दाले भन्दा मांसाहारका लागि एकै स्थानमा अत्यधिक संख्यामा पालिने घरपालुवा जनावरले तापमान वृद्धि गर्न सहयोग पु¥याएका छन् । नेपालका ४०० बढी प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा शाकाहारी 18लाई वैज्ञानिक तवरले बहस र व्याख्या गरिने संघका महासचिव सुरेश शर्माले बताए।
मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायत असाध्य रोग बढाइरहेको सन्दर्भमा शाकाहारको महत्वबारे जागरण फैल्याउने सम्मेलनको प्रमुख उद्देश्य छ । सम्मेलनको उद्घाटन विगत बीस वर्षदेखि शाकाहारी खानपान अपनाउँदै आएकी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गर्नेछिन्।
कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, हेल्लो नेपाल, हिमालयन अनटप र जनता बैंकले गरेका हुन्। रासस