ललितपुर– मिर्गौला प्रत्यारोपित र चिकित्सक, समाजसेवी, कलाकार सहितको टोली बीच भएको फुटबल प्रतियोगितामा प्रत्यारोपितहरुको टोली २ गोलका विरुद्घ ५ गोलले बिजयी भएको छ । शहिद धर्म भक्त राष्ट्रिय प्र्रत्यारोपण केन्द्र, भक्तपुर तथा आरोग्य प्रतिष्ठान, पुल्चोकको संयुक्त आयोजनामा मिर्गौला दिवसका अवसरमा फुटबल लगायतका विभिन्न खेल भएका थिए ।
यसैगरी अंग प्रत्यारोपितहरु बिच भएको दौड प्रतियोगितातर्फ १०० मिटर (४० वर्ष भन्दा कम) महिला दौडमा गीता श्रेष्ठ प्रथम, तुलसा भट्टराई दोस्रो र प्रतिमा लोहनी तेस्रो भएका छन्। १०० मिटर (४० बर्ष भन्दा माथि) मा सानु शोभा शाक्य प्रथम,सुमिना थापा दोस्रो तथा सुलोचना श्रेष्ठ तस्रो भए । पुरुष १०० मिटर दौड (४० बर्षभन्दा कम)मा श्रीराम चौलागाई प्रथम, राजेश प्रजापति दोस्रो र जीवनलाल रन्जितकार तेस्रो भए। पुरुष १०० मिटर दौड (४० बर्षभन्दा माथि)मा विष्णुलाल तुसु श्रेष्ठ प्रथम, अरुण तुलाधर दोस्रो र सदाशिव भण्डारी तेस्रो भएका थिए । यसैगरी महिला २०० मिटर दौडमा गीता श्रेष्ठ प्रथम, श्री तुलसा भट्टराई दोश्रो र सानुशोभा शाक्य तेस्रो भए। पुरुष २०० मिटर (४० बर्षभन्दा कम)मा नरेश खत्री प्रथम, दिनेश कुमार चौधरी दोस्रो र अरुण तुलाधर तेस्रो भए। पुरुष २०० मिटर (४० बर्षभन्दा माथि)मा खिम बहादुर रुचाल प्रथम, राजेश प्रजापती दोस्रो र झम्क श्रेष्ठ तेस्रो भए । त्यस्तै पुरुष ४०० मिटर दौडमा कृष्णराम थापा प्रथम, कविराज गैरे दोस्रो र हरिप्रसाद काफ्ले तेश्रो भए ।
त्यसैगरी अंग प्रत्यारोपितहरुबिच खेलाइएको ब्याडमिन्टन महिलातर्फ प्रतिमा लोहनी प्रथम, श्री लक्ष्मी महर्जन दोस्रो र गीता श्रेष्ठ तेश्रो भएका थिए । यसैगरी पुरुषतर्फ उदिम राई प्रथम, उज्वल दाहाल दोस्रो तथा रामेश्वर देवकोटा तेस्रो भए । पुरुष भेटरान्सतर्फ प्रेमरत्न मानन्धर प्रथम, श्री विष्णुलाल तुसु श्रेष्ठ र शालिकराम राना तेस्रो भए ।
राष्ट्रिय मिर्गौला सम्मेलनमा मिर्गौला रोगबाट पिडितहरु, अंगदाता, अंग प्रत्यारोपित व्यक्तिहरु, राजनीतिज्ञ, समाजसेवी, चिकित्साकर्मी तथा कलाकारहरुको उपस्थिती थियोे । सो सम्मेलनको उद्घाटन जनसंख्या तथा वाताराण मन्त्री लालबाबु पण्डितले गरेका थिए।
उक्त अवसरमा भएके निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ३५ जना लाभान्वित भएको तथा २० जनाले आफ्नो मृत्यु पछिको अंगदानका लागि नाम लेखाएको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठले जानकारी दिइन्।
पाँच वर्षको अवधिमा ४ सय १० जनाको मिर्गौला प्रत्यारोपण, दुई जनाको कलेजो प्रत्यारोपण भएको छ।