चितवन- नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति चितवनको आज भरतपुरमा सम्पन्न ७ औं अधिवेशनले ईन्द्रलाल न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
समितिको खुल्ला उपाध्यक्षमा बासु सापकोटा, निजीतर्फ चन्द्रमणी कडेंल (प्रकाश), आरक्षण उपाध्यक्षमा अल्लाउदिन मिया, सचिवमा माधव पौडेल, खुल्लातर्फ सह सचिवमा भबिस्वर अधिकारी, निजीतर्फ सहसचिब दिनेश पौडेल, महिलातर्फ मुना गुरुङ्, आरक्षणतर्फ सुरेश थापा र कोषाध्यक्षमा प्रेमराज आचार्य र अन्य ११ जना सदस्य निर्विरोध चयन गरिएको संघका उपाध्यक्ष बासु सापकोटाले बताए।
एक जना महिला उपाध्यक्ष भने पहिलो कार्यसमितिले मनोनयन गर्ने छ ।