काठमाडौं– प्रभावकारी भ्याक्सिन व्यवस्थापन सम्बन्धी ४ तालिम कार्यक्रम राजधानीमा सम्पन्न भएको छ। कार्यक्रममा भ्याक्सिनको ताप संवेदनशील हुने भएकोले उत्पादनदेखि खोप प्रदान गर्ने समयसम्म भ्याक्सिनलाई निश्चित तापक्रम कायम गर्नुपर्ने सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
१८ जिल्लाका करिब २५ जना खोप सुपरभाइजर, अधिकृत र कोल्डचेन सहायक, अधिकृतलाई डब्लुएचओ र युनिसेफका प्रशिक्षकले तालिम दिएका थिए। फागुन २५ गतेखि २८ गतेसम्म ४ दिन चलेको थियो।
कार्यक्रमको मुख्य उदेश्य गुणस्तरीय खोप सेवा प्रदान गर्न भ्यासिनको स्याहार, सम्भार गर्दा ध्यान दिनुपर्ने कुराहरु कोल्ड चेन तथा भ्यक्सिन सम्बन्धी कर्मचारीलाई व्यवहारिक ज्ञान र सिप प्रदान गर्ने रहेको कार्यक्र्रमका प्रमुख कृष्ण बहादुर चन्दले बताए।
खोप सेवाका साथसाथै कोल्ड चेन भ्याक्सिन वितरण, गुणस्तरीय भ्याक्सिन दिनुपर्ने हुनाले सो सम्बन्धी स्वास्थ् कर्मीहरु तालिम दिइएका चन्द्रले बताए।
भ्यक्सिन ताप संवेदनशिल हुने भएकाले उत्पादनदेखि खोप प्रदान गर्ने समयसम्म भ्याक्सिनलाई निश्चित तापक्रम कायम गर्नुपर्ने भएकाले यसको कसरी सप्लाई गर्ने त्यसको साथसाथै प्रयोग गर्ने विधि र बत्ति नभएको बेलामा कसरी भ्याक्सिनलाई सुरक्षित गर्ने भन्ने बारेमा खोपअधिकृतलाई तालिममा जानकारी दिइएको चन्द्रले बताए।
बाल स्वास्थ्य माहाशाखाका निर्देशक डा विकास लामिछानेले तालिममा सिकेको कुरा स्थानीय तहसम्म जानकारी नदिइए तालिम प्रभावकारी नहुने बताए । ‘नयाँ अनुसन्धान कसरी प्रयोग गर्ने र भ्यासिनलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा आफुले सिकेको कुरा आफ्नो ठाउँमा गएर सिकाइयो भने यो कार्यक्रम प्रभावकारी हुन्छ,’ उनले भने।
गुणस्तरीय सेवा दिनको लागि हरेक तीन वर्षमा प्रभावकारी भ्याक्सिन व्यवस्थापन कार्यक्रम हुन्छ । नेपाल सरकार र युनिसेफको सहकार्यमा २००३ देखी हरेक तीन–तीन वर्षमा यो कार्यक्रम आयोजना गरिँदै आएको छ । अन्य जिल्लाका खोप अधिकृतलाई पनि काठमाडाँैमा बोलाएर तालिम दिने चन्द्रले बताए ।