गणितज्ञ जेम्स ह्यारिस अर्थात् जिम साइमन्स फोर्ब्स पत्रिकाका अनुसार विश्वका ५२औं धनी हुन्। उनीसँग २० बिलियन अमेरिकी डलर निजी सम्पत्ति छ भने ५० बिलियन डलरको हेज फन्ड चलाउँछन्।
उनका छोरा निक साइमन्स १६ वर्षअघि नेपाल आएका थिए। नेपालमा ९ महिना बसेका निकलाई यहाँको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने इच्छा थियो। तर, त्यसको एक वर्षपछि इन्डोनेसियाको बालीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भयो। निकले संसार छाडे पनि उनको सोचले पूर्णता पाउनुपर्छ भन्ने उनका बुवाआमा सहित परिवारलाई लाग्यो।
छोराको सम्झनामा उनीहरुले निक साइमन्स इन्सिच्युट (एनएसआई) नामक संस्था नेपालमा स्थापना गरेका छन्। नेपालमा एनएसआईले ग्रामीण स्वास्थ्यका लागि उपयुक्त चिकित्सकीय जनशक्ति एमडिजिपी, बिएमइटी उत्पादन गर्ने र स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने लगायतका काम गरिरहेको छ।
मंगलबारदेखि निक साइमन्स इन्स्टिच्युटले आयोजना गरेको नवौं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनमा सहभागी हुन जिम जीवनसंगिनी मर्लिनसँगै नेपाल आइपुगेका थिए। सो अवसरमा स्वास्थ्यखबरले जिम र मर्लिनसँग कुराकानी गरेको थियो। कुराकानीका क्रममा उनीहरुले नेपाल आउँदा छोरासँगै रहेको अनुभूति हुने बताएका छन्।
हेरौं भिडियो कुराकानीः