आज १९ अप्रिल विश्व कलेजो दिवस (World Liver Day) । कलेजोलाई स्वस्थ र दुरुस्त राख्न जनचेतना फैलान यो दिवस मनाउने गरिन्छ । कलेजो शरीरको महत्वपूर्ण अंग हो । मुख्य रुपमा यसले खाना पचाउने काम गर्छ । शरीरको कार्यसंग सम्बन्धित ४ सयभन्दा बढी काम कलेजो एक्लैले गर्छ । यसका अलावा शरीरभित्रका किटाणुलाई पनि मार्ने काम गर्छ । आवश्यकताभन्दा बढी खाना खानु, बढी तेलयुक्त खाना, बढी मदिरासेवाजस्ता कारणले कलेजोमा समस्या आउँछ । अधिक दबाब परेपछि कलेजोले सही तरिकाले विषाक्त पदार्थ बाहिर निकाल्न सक्दैन । यदि कलेजोमा समस्या देखिएको छ भने खानपानमा नुन र अमिलो पदार्थको प्रयोग कम गर्नुपर्छ । कलेजोमा समस्या देखिनुमा यी कारण हुन सक्छन् :
गलत डाइट
आजकाल मानिसको जस्तो 18 र खानपान छ, त्यसले कलेजो खराब हुनु कुनै नयाँ कुरा होइन । कलेजो स्वस्थ राख्नु छ भने स्वस्थकर खाना र बढीभन्दा बढी तरल पदार्थको सेवन गर्नुपर्छ । फ्राइ गरिएको, खुर्सानी मसला बढी प्रयोग गरिएको, मैदाबाट बनेका, चाउचाउ, चाउमीन, मोमोजस्ता खानाले कलेजो खराब गर्न सक्छ । चिकित्सकहरुका अनुसार आजकाल कलेजोको समस्या लिएर आउनेमध्ये ७० प्रतिशतभन्दा बढीको समस्यामा गलत डाइट कारक भएको पाइएको छ।
शारीरिक अभ्यासको कमी
एक अध्ययनअनुसार शारीरिक अभ्यासको कमीका कारण पनि कलेजोको समसया निम्तिएको पाइएको छ । आजकाल व्यस्त मानिसहरुलाई आफ्नो फिटनेसका लागि समय नै बच्दैन । जसको फलस्वरुप कलेजोसम्बन्धी समस्याबाट पीडित हुनुपर्ने हुन्छ । त्यसैले कलेजो स्वस्थ राख्नुछ भने दिनहुँ केही सामान्य भएपनि व्यायाम गर्नु जरुरी हुन्छ । यस्तै, कपालभाँती योगा गर्ने मानिसमा पेट र कलेजोको समस्या निम्तने सम्भावना कम हुन्छ ।
कलेजोका लागि उपयोगी खाद्यपदार्थ
तर केही यस्ता खाद्यपदार्थ छन्, जसले प्राकृतिक रुपमै कलेजोलाई सफा गर्छन् । दिनहुँ बिहान नास्ताभन्दा अघि एक चम्चा जैतुनको तेलमा एक सानो चम्चा निम्बुको रस मिसाएर पिउनाले कलेजोलाई फाइदा पुग्छ । तर यो अवस्थामा चुरोट, मदिराबाट भने टाढै रहनुपर्छ । खानामा पौष्टिक पदार्थ समावेश गर्नुपर्छ र शारीरिक अभ्यास गर्नुपर्छ ।
कलेजोलाई मजबूत बनाउन लसुनको महत्वपूर्ण भूमिका हुन्छ । लसुनको एक सानो पोटीमा इन्जाइमलाई सक्रिय गराउने क्षमता हुन्छ, जसले शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्धत गर्छ । लसुनमा उच्च मात्रामा एलिसिन र सेलेनियम हुन्छ, यी तत्वले कलेजोलाई सफा गर्छन् । भिटामिन एयुक्त पदार्थको कमीले मानिस बिरामी पर्न सक्छ । तर यही भिटामिन डी बढी भयो भने कलेजोलाई नोक्सानी गर्न सक्छ । यस्तै भिटामिन बी कम्प्लेक्सले चिल्लोलाई सन्तुलित राख्न सक्छ र कलेजोेको कार्यक्षमतालाई सही राख्छ । ब्राउन राइस, मल्टी ग्रेन र सोया आटा कलेजोका लागि निकै राम्रो मानिन्छ ।
कार्बनिक तेल जस्तै ओलिभ आयलको सेवन सही मात्रामा गरिए कलेजोलाई फाइदा गर्छ । यसले कलेजोलाई सही लिपिड आधार प्रदान गर्छ, जसबाट शरीर हानिकारक विषाक्त पदार्थ सोस्छ र कलेजोको कामलाई सजिलो बनाइदिन्छ । कलेजोलाई मजबूत राख्न दिनहुँ एन्टीअक्सिडेन्टयुक्त स्याउ खानुपर्छ । स्याउमा मौजुद पेक्टिन तत्वले शरीरलाई शुद्ध र पाचनतन्त्रबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्धत गर्छ ।
कलेजोमा समस्या आउँदा यस्ता लक्षण देखिन्छन् :
कलेजो आसपास दुख्नु
खुट्टा र गोलीगाँठा सुन्निनु
शरीरको तौल बढ्नुु
शरीरमा इन्फेक्सन र एलर्जी हुनु
जण्डीस देखिनु