नेपाल आयुर्वेद विद्यार्थी समाज र हिमालयज स्र्पिङ वाटर धुन्छे रसुवाको संयुक्त आयोजनामा एकदिवसीय वृहत् नि:शुल्क आयुर्वेद तथा योग सिविर रसुवाको धुन्चेमा सम्पन्न भएको छ।
उक्त सिविरमा ५०० भन्दा बढीले स्त्री रोग, बालरोग, नाककान घाँटी, वृद्धरोग, योग परामर्श जस्ता सेवाबाट लाभन्वित भएका छ्न । यस प्रकारको शिवीर जिल्लामा नै पहिलो रहेकोले आगामी दिनमा रसुवालाई जडिबुटी प्रशोधन केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारि कृष्ण पौडेललेव्यक्त गरे।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष डा.सुमन खनालले योग र आयुर्वेद केवल स्वास्थ उपचार पद्धतिमात्र नभई हाम्रो जीवन शैली समेत भएको बताए ।