नेपाल प्रहरीद्वारा सञ्चालिक प्रहरी अस्पतालले एकैपटक २६ जना चिकित्सक भर्ना गरेको छ। नयाँ दरबन्दी समेत थप गरी चिकित्सकहरु भर्ना गरिएको हो।
आइतबार चिकित्सकको अन्तिम नतिजा प्रकाशन गरिएको छ। अस्पतालले ७ जना बिशेषज्ञ चिकित्सकलाइ उपसचिव सरहको प्रहरी नायक उपरीक्षक(डिएसपी) पदमा भर्ना गरेको छ।
आन्तरीक मेडिसिन अन्र्तगत डा निर्मल घिमिरे, एमस सर्जनीतर्फ डा नवीन महासेठ, गाइनोतर्फ डा दिपा चुडाल, रेडियोलोजीतर्फ डा सुवास थापा, इ एन टी तर्फ डा प्रकाश खनाल, साइक्याट्रिकतर्फ डा जयत्नी ढुंगाना तथा प्याथोलोजीतर्फ डा आज्ञा श्रेष्ठ बिशेषज्ञ चिकित्सकका रुपम डिएसपी पदमा नाम निकालेका हुन्।
त्यस्तै, १९ जना एमबिबिएस उत्तिर्ण चिकित्सकलाई इन्सपेक्टर पदमा भर्ना गरिएको छ।
हेर्नुहोस् अन्तिम नजिताको परिणामः [CLICK HERE]