खजुरा– सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग विभाग उद्घाटन भएको छ । पश्चिम क्षेत्रलाई नै लक्षित गरी सञ्चालन भएको अस्पतालको सोमबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्यान्सर उद्घाटन गरे।
उक्त अवसरमा क्यान्सर रोग थाहै नपाइ लाग्ने रोग भएकाले यसबाट सचेत हुनुपर्नेमा जोड दिए। यस क्षेत्रमा क्यान्सर निराकरणका लागि यो अस्पतालले ठूलो भूमिका निर्वाह गर्ने उनले बताए ।
स्वामित्व सरकारले लिइसकेकाले अब यसको सेवा विस्तार तथा विभिन्न पूर्वाधारको विकास र उपकरणका लागि विशेष पहल गर्ने प्रतिबद्धता उपप्रधानमन्त्री यादबले व्यक्त गरे।
समाजसेवाको भावनाले शुरुवात गरिएको अस्पतालको कल्पना लामो मेहनतपछि पूरा भएकामा धन्यवाद दिँदै उनले सबै कर्मचारीलाई दत्तचित्त भएर लाग्न आग्रह गरे।
शहरी विकास मन्त्री मोहमद इस्त्यिाक राईले यो अस्पताललाई यस क्षेत्रकै नमूनाका रुपमा विकास गर्न आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लाकै स्वास्थ्य अवस्थालाई सुदृढ बनाई विशेषगरी गरीब तथा असहाय प्रत्यक्ष लाम्भावित हुने किसिमका सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
अस्पताल विकास समितिका अध्यक्ष किश्मतकुमार कक्षपति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पुष्पा ठाकुर, सांसद महेश्वर गहतराज, नन्दलाल रोकाय, पूर्व उपसभामुख तथा सांसद पूर्णा सुवेदीलगायतले अस्पतालका विविध विषयमा जानकारी दिएका थिए।