नेपालमा पहिलोपटक राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइने भएको छ। 'नसर्ने रोगमा प्राकृतिक चिकित्सा' भन्ने मूल नाराका साथ आगामी २० असारका दिन दिवस मनाइन लागिएको हो।
गत असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले असार २० गतेका दिन राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाउने निर्णय गरेको थियो।
आइतबार भएकाे पत्रकार अन्तरक्रिया कार्यक्रममा योगगुरु डा हरिप्रसाद पोखरेलले याेग र प्राकृतिक चिकित्साकाे महत्वका बारे बाेल्दै यसका लागि विश्वविद्यालयका लागि पाठ्यक्रम समेत तयार भइसकेकाे बताए।
कार्यक्रममा बोल्दै योग तथा प्राकृतिक चिकित्सक संघ नेपालका अध्यक्ष डा जनक बस्नेतलले नसर्ने रोगले संसारमा धेरै मानिसकाे ज्यान गइरहेकाे बताउँदै प्राकृतिक चिकित्साले राेकथामका लागि सहयाेगी भूमिका खेल्नेमा जाेड दिए।
दिवसका दिन विहान ६ बजे शान्ति बाटिकाबाट प्रभातफेरी शुरु हुने र प्रज्ञा भवन कमलादी पुगेर औपचारिक कार्यक्रममा रुपान्तरण हुनेछ।