जाजरकोट अस्पतालका चिकित्सकहरु समयमा तलब र भत्ता नपाएको भन्दै विरोधमा उत्रेका छन्।
जाजरकोट जिल्ला अस्पतालका मेडिकल अफिसर डा.राजेन्द्र लामाका अनुसार चिकित्सकहरुले ७ महिनादेखि भत्ता र ५ महिनादेखि तलब नपाएको बताए।नगरपालिका ५ वटा हेल्थ पोस्टहरु पनि यस आन्दोलनमा सहभागी भएका छन्।
असार १३ र १४ गते १ घण्टा हातमा कालो पट्टी बाँधेर ओपिडी बन्द गरेर चिकित्सकहरुले आन्दोलन सुरु गरेका थिए।
१ हप्ता बितिसक्दा पनि कतैबाट पनि यसको सुनुावाइ नभएको डा.राजेन्द्र लामा बताउँछन्।
शुक्रबार र शनिबार ओपिडि चलेपनि हिजो आइतबारदेखि ओपिडी नखोलेको तर इमरजेन्सी भने बन्द नगरेको डा.राजेन्द्र लामाले जानकारी दिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।