मानसरोवर कैलाश दर्शन गर्ने हुम्ला पुगेका भारतीय तिर्थयात्रीहरु सामान्य रुपमा निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ।
समुन्द्री सहत १ मिटरदेखि ३ हजार मिटर उचाईमा पुगेका भारतीय तिर्थयात्रीहरुलाई जिल्ला अस्पताल हुम्ला र जिल्लास्थित होटेल व्यवासायीहरुको समन्वयमा उनीहरुको सामान्य रुपमा चेकजाँच गरिएको हो।
मौसम खराब भएपछि हुम्ला जिल्लामै रोकिएका भारतीय तिर्थयात्रीहरुको अक्सिजन, ब्लड प्रेसर, मुटुको धड्कन र हाई अल्टिच्युट सिकनेस लगायतको स्वास्थ्य चेकजाँच गरिएको जिल्ला अस्पतालका डाक्टर नविन रोकायाले जानकारी दिए।
उनले भने, ‘५/६ जना भारतीय तिर्थालुहरु जिल्ला अस्पताल हुम्लामा बिरामी भएर आएपछि जिल्ला आएका भारतिय तिर्थयात्रीहरुलाई निःशुल्क रुपमा उनीहरुको स्वास्थ्य चेकजाँच गरिएको हो।’
जिल्लास्थित सम्पूर्ण होटेलहरुमा पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेका अस्पतालकै डाक्टर टर्सी आङजोेक लामाले बताए । उनका अनुसार समुन्द्री सहतदेखि ३ हजार मिटर उचाईमा पुगेका तिर्थयात्रीहरुलाई हाई अल्टिच्युडको समस्या हुने हुँदा होटेलहरुमा पुगेर चेकजाँच डाक्टर लामाले बताए।
मौसम बिग्रेपछि ५ सयको हाराहारीमा भारतीय तिर्थालुहरु हुम्लामै अलपत्र परेका छन्। नेपालगञ्जदेखि हुम्लाको सिमकोट, हुम्लाबाट नेपालगञ्जमा हवाई सेवा प्रभावित भएको छ । असार १५ गतेदेखि नियमित हवाई उडान हुन सकेको छैन।