समाचार

डा केसीको माग सम्बोधनमा दबाव दिन त्रिवि शिक्षण अस्पतालका चिकित्सकले माइतीघरमा उपचार गर्ने

स्वास्थ्यखबर

काठमाडौं– काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई दबाव दिन शुक्रबारबाट सडक आन्दोलन सुरु गर्ने भएका छन्।

शिक्षण अस्पतालका चिकित्सकहरुले बुधबार अस्पताल परिसरमै एक कार्यक्रमको आयोजना गरी डा केसीको माग सम्बोधन २४ घण्टा भित्र नभए शुक्रबारबाट अस्पतालको मूल गेटमा ताला लगाएर माइतीघर मण्डलामा सर्वसाधारणको उपचारसहित विरोध प्रर्दशन गर्ने चेतावनी दिएका हुन्। 

देशका सबै भूभागमा स्वास्थ्य उपचारको व्यवस्थाको माग गर्दै आमरण अनसनमा बसेका डा केसीको माग सम्बोधन गर्न तयार नभएपछि सरकारविरुद्ध सडकमै उपचार गर्न जानुपर्ने अवस्था आएको डा सन्तोष उपाध्यायले बताए।

चिकित्सकहरुले डा केसीसँग पटक–पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको आफूहरु घोर विरोधि रहेको पनि स्पष्ट पारेका छन्। उनीहरुले डा केसीको जीवन रक्षाका लागि उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने