जुम्ला– अनसनरत डा गोविन्द केसीलाई भेट्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारीलाई मानव साङ्गो बनाएर केसीको प्रतिरक्षामा उत्रेका विद्यार्थीहरुले प्रवेश गर्न नदिएपछि फर्किएका छन्।
केसीलाई अपहरण शैलीमा लैजान नपाइने भन्दै उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीले समेत भेट्न नपाउने भन्दै फर्काएका हुन्। स्थानीय जनतासहित विद्यार्थीहरुले केसीस्थलमा पुग्नबाट सरकारी पक्षलाई समेत रोकेको छ।
विद्यार्थीहरुले केसीलाई काठमाडौं लैजानु अघि आफूहरुको ज्यान लिनु पर्ने भन्दै नारावाजी गरिरहेका छन्। जुम्लाका महिलाहरु पनि थाल र घरेलु हतियारसहित केसीको पक्षमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पुगेका छन् ।
विद्यार्थीहरुले प्रवेश नदिएपछि मुख्यमन्त्री र गृहमन्त्री उपकुलपतिको कार्याकक्षमा रहेका छन् । विद्यार्थीहरुको आन्दोलन शान्त भएपछि पुन प्रवेश गर्ने सोचका साथ उनीहरु प्रतिस्ठानमा रोकिएका छन्।