त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा दीपक महराले राजिनामा दिएका छन्। उनले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीन कार्यालयमा अाजबाट लागू हुने गरी राजिनामा बुझाएका हुन् ।
प्राडा महराको ४ बर्षे कार्यकाल सकिएकाे करिब ५ हप्ता नै भइसकेकाे छ। त्रिवि कार्यकारी परिषदले अर्को निर्देशक नियुक्त नभएसम्म तीन महिनाका लागि उनकाे पदावधी थपेको थियो।
आइओएम डीन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा परिषदले नयाँ निर्देशक छनौट गर्न तीन सदस्यीय सर्च कमिटि समेत गठन गरेको छ। सर्च कमिटिमा प्राडा जीवन शेरचन र प्राडा रमेश भण्डारी सदस्य रहेका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।