राजधानीमा हिजोदेखि सुरु भएको प्रथम राष्ट्रिय प्रि– हस्पिटल केयर सम्मेलन आज सम्पन्न भएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा (नास), 11 संगठन नेपाल, डेनिस रेड क्रस र युरोपियन युनियन मानवअधिकार निवारण र नागरिक संरक्षणले संयुक्त रुपमा सम्मेलन आयोजना गरेको थियो।
नासका अध्यक्ष ओमराज भण्डारीले इमेरजेन्सीसेवा समयमा नभएकोले धेरैजनाले ज्यान गुमाउनु परेको बताए।उनले धेरै बिरामी आकस्मिक उपचारको कमी र यातायातको सुविधाबाट बञ्चित भएकाले मृत्यु हुने गरेको बताए।
सो कार्यक्रममा स्टेनफोर्डका प्रमुख वक्त डा. एसएभ महादेवनले प्रि हस्पिटल केयर पाउनु नागरिकको आधारभूत अधिकार रहेको बताए।
कार्यक्रममा राज्यमन्त्री पद्माकुमारी अर्यालले जनताले हरेक आवश्यकतामा सरकारको मुख ताक्नु पर्ने आवश्यक नभएको बताउँदै स्वास्थ्यका आधारभुत कुराहरु जनताले पाइरहेको दाबी गरिन्।
प्रि हस्पिटल केयर भनेको बिरामीले प्राप्त गर्ने आकस्मिक उपचार हो जुन सामान्यतया आपातकालीन मेडिकल टेक्नीसियन्स र प्यारामेडिक्सद्वारा अस्पताल पुग्न अघिको समयमा एम्बुलेन्समा गरिन्छ ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।