काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरण अनसनरत डा गोविन्द केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
अनसन स्थल त्रिवि शिक्षण अस्पताल पुगेर अध्यक्ष वैद्यले डा केसीको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिएका हुन्।
चिकित्सा क्षिक्षा क्षेत्रको माग राखेर डा केसी १५औं पटकको अनसनमा छन्। गत असार १६ मा जुम्लामा अनसन सुरु गरेका डा केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएको हो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।